दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

जेरुसेलम । जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो ।
सो भेटवार्ताका क्रममा उहाँहरुका बीचमा इरानी आणविका सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ ।

सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उहाँहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो ।

सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ । त्यस सम्झौतामा सहभागी देशहरुले केही समय अघि अष्ट्रियाको राजधानी भियनामा पनि  छलफल गरेका थिए ।
 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ४६ बजे