आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सर्वोच्च न्यायाधीस जनता हुन्, वैशाख ३० गते  न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुनेछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताउनुभएको छ ।  

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनताको मतबाट देशभत्तिको खोल ओडेका तत्वलाई पराजित गर्ने दाबी गर्नुभयो । 

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि अध्यक्ष ओलीले यस्तो दाबी गरन्भएको हो । 

‘यस निर्वाचनको असाधारण महत्व छ । यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्नेछ,’ ओलीले भन्नुभयो,‘‘अब जनादेश र परमादेशबीच सार्वभौमसत्ता सम्पन्न जनता र त्यो जनमतलाई उपहास गरेर, पार्टी फोरेर, सरकार ढालेर, प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने, प्रगतिशिलता, बामपन्थता, देशभत्तिको खोल ओडेका तत्वहरु र तीनका मतियारहरुलई सार्वभौमसत्ता सम्पन्न जनताको पवित्र अभिमतबाट अर्थात जनमतको माध्यमबाट पराजित गर्ने र सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० को निर्वाचनबाट हुनेछ ।’  

राष्ट्रिय राजनीतिलाई सकारात्मक रुपमा अघि बढाउने कुराको थालनी स्थानीय निर्वाचनबाट हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : १७ बजे