सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमाले अध्यक्ष ओलीको अडान: ‘एमसीसी बारे लिखित कागज गर्नेहरूले नै निर्णय लिनुपर्छ’

​​​​​​​काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय आग्रह गर्नुभएको छ ।  

बिहीबार साँझ अध्यक्ष ओलीलाई फोन गरेर माओवादी दाहालले एमसीसीबारे तत्काल निर्णय लिन ओलीलाई आग्रह गर्नुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले खुलासा गर्नुभएको छ ।

प्रचण्डको आग्रहमा ओलीले भने कडा जवाफ फर्काउनुभएको छ । अध्यक्ष ओलीले एमालेलाई सत्ताबाट हटाएपछि चार पाँच महिनामै एमसीसी पास गराउँछौ भनेर कागज गर्नेहरूले यस विषयमा निर्णय लिनुपर्ने अडान लिनुभएको हो । रिजालले टेलिफोन वार्ताबारे खुलासा गर्दै  सामाजिक सञ्जालमा लेख्नुभएको छ:

“एमसीसीका सम्बन्धमा विदेशीले सोधुन् वा स्वदेशीले नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ”

''तपाईँहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि  ‘४९५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् नेकपा (एमाले)त निर्णय गरिहाल्छ ।”

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : ४५ बजे