सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमको अध्यक्ष ओलीले आज उद्घाटन गर्नुहुँदै 

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा फागुन १ गतेदेखि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ  । 

सो प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ ।

स्थानीय तहको निर्वाचनका विषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरूलाई अध्यक्ष ओलीले आज भर्चुअल माध्यमबाट  सम्बोधन गर्नुहुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुनुहुनेछ ।   

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई केन्द्रित रहेर कार्यक्रम आयोजना गर्न लागिएको एमाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम प्रदेश नं १ को फागुन १ र २, गते विराटनगरमा, मधेस प्रदेशको  ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६–७, काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९, गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ गते बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७, धनगढीमा हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ५३ बजे