आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नयाँ दल दर्ता गर्दै कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । 

राप्रपा छाडेको थापासहितको टोलीको बिहीबार महाराजगंजमा बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । बैठकले थापालाई दल दर्ताको आवश्यक प्रक्रियाका लागि सम्पूर्ण अधिकार दिएको जनाएको छ । हिन्दूत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको समूहका एक नेताले बताएका छन् । 

अबको पार्टी राजसंस्थाका विषयमा भने मौन रहने उनको भनाइ छ । उनका अनुसार देशलाई हिन्दु राष्ट्र बनाउन दल केन्द्रित रहनेछ । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : २७ बजे