‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई जिताउन अध्यक्ष ओलीको अपील

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का  अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहनुभएको रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएको छ ।  

आज एक विज्ञप्ती जारी गर्नुहुँदै भोली हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार वादल लाई जिताउन अपील गर्नुभएको हो ।   

 

बागमती प्रदेशका मतदाताहरुलाई सम्बोधन गर्नहुँदै  प्रधानमन्त्री ओलीले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरीत काम नगर्ने सपथ लिई आएको स्मरण गराउनुभएको छ ।

 वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको सहयोग छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले २०७७ फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन लागेको निर्वाचनको विशेष महत्व रहेको र यसले आफ्नो पार्टीको सामथ्र्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताउनुभएको छ । 

उहाँले निर्वाचनमा एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “जेठ ६ गते वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ”, उहाँले अपिलमा भन्नुभएको छ,“उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनुहुन आग्रह गर्दछु ।” 

उपनिर्वाचनमा एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न पार्टीका तर्फबाट महासचिव ईश्वर पोखरेलद्वारा पनि मतदाता रहेका जनप्रतिनिधिलाई निर्देशन जारी भइसकेको छ । प्रधानमन्त्री ओलीले अपिलमा भन्नुभएको छ, “२०७५ साल जेठ ३ गते एकीकरण भएको तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ । ”
पार्टी अध्यक्ष ओलीले प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेदवार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाप्रति हमेशा वफादार रहनु सबैको कर्तव्य रहेको बताउनुभयो । 

“पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौंँ जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो”, उहाँले भन्नुभएको छ, “यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।”​​​​​​​

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ५४ बजे