आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सभामुख सापकोटा काभ्रेमा लखेटिए

​​​​​​​काभ्रे। प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताले काभ्रेमा कालोझण्डा देखाउँदै लखेटेका  छन्।

काभ्रेको सारथी होटेलमा सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन गएका सभामुख सापकोटालाई युवा सङ्घ र अनेरास्ववियुका नेता कार्यकर्ताले धुलिखेलको बिपी राजमार्गमा कालोझण्डा देखाउँदै लखेटेका हुन्।

युवा सङ्घ र अनेरास्ववियुले एमसीसी खारेज गर, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गर, अर्जुन लामाको हत्या गरेर फरार रहेका अपराधीलाई कारबाही गर भन्दै नारा लगाएका थिए । उनीहरूले सभामुख सापकोटा माथि कारबाहीको माग गर्दै सामाजिक बहिष्कारको अभियान चलाउने समेत बताएका छन् । युवा विद्यार्थीले गरेको विरोधलाई तितरबितर बनाउन नेपाली सेनालाई समेत परिचालन गरिएको थियो ।

कालोझण्डा देखाएपछि आन्दोलनकर्मी र सुरक्षाकर्मी बीच केही समय झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला इन्चार्ज सालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाइते भएका छन् । 

कार्यक्रम पश्चताको कोण सभामा राष्ट्रिय युवा सङ्घ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गर्दै अपराधीलाई नेताको व्यवहार गर्न नसकिने भन्दै गाउँ गाउँमा भण्डाफोर अभियान चलाउने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  २ : १७ बजे