आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रचण्डलाई शेखरको जवाफ – ‘हामी चुनावी गठबन्धनको पक्षमा छैनौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर काग्रेंसले कसैसँग चुनावी गठबन्धन नगर्ने जवाफ दिनुभएको छ ।  

प्रचण्डनिवास खुमलटारमा भएको भेटका क्रममा उहाँले आफु निर्वाचनमा गठबन्धन गर्ने पक्षमा नरहेको बताउँदै गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुनेब ताउनुभयो ।  

निर्वाचनबाहेक सरकार सञ्चालनमा गठबन्धनलाई निरन्तरता दिन सकिने कोइरालाको भनाई थियो ।  कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने र जनताले कसलाई रोज्ने भन्ने स्वतन्त्र अधिकार दिनुपर्ने बताउनुभएको थियो ।  ‘गठबन्धन नगरी चुनावमा जानुपर्छ । त्यसो हुँदा कुन पार्टीको शक्ति कति रहेछ भन्ने पनि थाहा हुन्छ । गठबन्धन भयो भने पनि त्यसलाई हामी मान्दैनौं,’ कोइरालाको जावाफ थियो ।

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता अमरेशकुमार सिंहलगायतको उपस्थिति  थियो। भेट करिब १ घन्टा चलेको थियो। कोइरालासँग माओवादी अध्यष दाहालले भने पटक पटक निर्वाचनमा गठबन्धन गर्नु पर्ने भन्दै अनुनय गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  २ : ०० बजे