आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मन्त्री आलेविरुद्ध बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विरुद्ध  बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । 

बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै मन्त्री आलेविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेको हो । 

''बतास फाउण्डेशनको नामबाट बुधवार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ'', प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । 

बतास समूहले नारायणहिटी दरबार सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोक्नुभएको थियो । त्यति मात्र होइन मन्त्री आलेले बतास फाउण्डेशनले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गर्नुभएको थियो । 

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौँ रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसबापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूहले सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च जान लागेको हो ।  

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ११ : ५९ बजे