दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै 

लन्डन । कम्तीमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा दिनुभएको जानकारी अनुसार कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको हो । 

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्ने लगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।  

कोभिड सङ्क्रमणका घटना कमी हुँदै गएको र विज्ञहरूले सावधानी दर्साए विपरीत मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मङ्गलवार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ सङ्क्रमित भेटिएका छन् । 

यो अघिल्लो साताको तुलनामा ४१ दशमलव १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख थियो । एजेन्सी

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १० : ०६ बजे