राजमार्गमा दृष्य एक, पीडा अनेक

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार  भएको पदाधिकारीहरूको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारी लगायत विषयमा छलफल भएको थियो । उक्त पदाधिकारीको बैठकले तयार गरेको कार्यसूची बारे आजका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बैठक आज दिउँसो २ः०० बजे बस्ने बताइएको छ । 

आज बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने छ ।  

कोभिड–१९ को सङ्क्रमणका कारण काँग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन । 

यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको र सो सम्बन्धमा पनि बैठकमा छलफल हुने छ ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ०२ बजे