आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपतिद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो । 

केही दिनअघि स्वास्थ्यमा समस्या भई उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : १६ बजे