साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप १७ जनाको मृत्यु 

नेपालगन्ज  । बाँकेमा कोरोना भाइरसको संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बाँकेका ८ जना, बर्दियाका ३ जना तथा दाङ, कैलाली र रुकुम पश्चिममा २/२ जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज- १८ की ७३ वर्षीया महिला, बढैयाताल -२ बर्दियाका ८४ वर्षीय पुरुष, नेपालगन्ज- ६ का ४५ वर्षीय पुरुष, टिकापुर -१६ कैलालीका २८ वर्षीय पुरुष, नेपालगन्ज- ४ का ६७ वर्षीय पुरुष, ठाकुरबाबा- ९ बर्दियाका ६३ वर्षीय पुरुष र ३८ वर्षिया महिला, तुलसीपुर -२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा -५ कैलालीकी ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै गढवा- ७ दाङकी ३० वर्षीया महिला, सानोभेरी- ११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर- १२ बाँकेका ४१ वर्षीय पुरुष, राप्तीसोनारी- २ बाँकेकी ५९ वर्षीया महिला, कोहलपुर -११ की ५८ वर्षीया महिला, नेपालगन्ज- ३ का ६१ वर्षीय पुरुष, त्रिवेणी- १ रुकुम पश्चिमकी २७ वर्षीया महिला र कोहलपुर- ४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । 

योसँगै कोरोनाबाट बाँकेका २ सय ५३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २सय९ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ११ : ४० बजे