आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालक मृत फेला

डोटी । जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन् ।
 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : १९ बजे