रौतहटको ईशनाथको गहुँबारीमा महिलाको शव भेटियो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा  एक महिलाको शव गहुँबारीमा फेला परेको छ ।  

ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको प्रहरीले जनाएको हो ।  

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । प्रहरीका प्रारम्भीक अनुसन्धनामा उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी थिइन्  । प्रहरीले शवको पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने बताएको छ । 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  २ : ०१ बजे