राजमार्गमा दृष्य एक, पीडा अनेक

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । 

बैठक आज दिउँसो ३ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

पार्टी सह महामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक सङ्गठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताउनुभयो । 

कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे मङ्गलवारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ३९ बजे