राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले अध्यक्ष ओली र काँग्रेस नेता कोइरालाबीच छलफल

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाबिच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि काँग्रेस नेता डा.कोइराला मङ्गलवार साँझ बालकोट पुग्नुभएको थियो । उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

सरकारले स्थानीय निकायको निर्वाचनको मिति वैशाख ३० गतेलाई तोकेपछि दुई नेताबिच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसद्को गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला काँग्रेस नेताहरूले सक्रियता बढाएका छन् । 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ३० बजे