आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अध्यक्ष ओलीसँग भेट गर्न बालकोट पुगे शेखर कोइराला

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुग्नुभएको छ ।  एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गर्न कांग्रेस नेता कोइराला मंगलबार साँझ बालकोट पुग्नुभएको हो । 

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको जनाइएको छ । 

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका हुन् । 

 यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेटवार्ता गर्दै आउनु भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ०० बजे