काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहनुभएका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिनुभयो ।
अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार १ : ५८ बजे
प्रतिक्रिया