सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पिपिआर रोगविरुद्ध खोप लगाउँदै शैलुङ गाउँपालिका

दोलखा  शैलुङ गाउँपालिकाले आजबार सबै वडाहरुमा एकसाथ दश हजार जनावरहरुमा पिपिआर रोगविरुद्धको खोप लगाउने तयारी थालेको छ । 

गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक हप्तासम्म खोप अभियान सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध माघ २५ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान सञ्चालन गर्ने कार्यक्रम अनुरुप गाउँपालिकामा पनि खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

पिपिआर भेडाबाख्रामा लाग्ने अति घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । यो रोग शैलुङकामा पनि देखा परिसकेको गाउँपालिकाका पशुसेवा केन्द्रका शाखा प्रमुख आनन्दप्रसाद सुवेदी बताउनुहुन्छ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप हो ।

यो रोग लागिसकेपछि भेडाबाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने गर्दछन् । गाउँपालिकाका १० हजार भेडाबाख्रामा उक्त खोप दिन लागिएको सुवेदीले जानकारी दिनुभयो ।

पिपिआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोठका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : २६ बजे