दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रसियाको ग्यास पाइप लाइन काटिदिने अमेरिकी राष्ट्रपतिको धम्की

न्युयोर्क – अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् । 

करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो ।

जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम–२ बन्द गरिदिने बताएका हुन् । 

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै भएको भेटवार्ताको पृष्ठिभूमिमा अमेरिकी राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । सम्भावित युद्ध अन्त्य गर्ने विषयमा म्याक्रो र पुटिनबीच छलफल भएको थियो । 

रसियाले कुनै पनि बेला अतिक्रमण गर्न सक्ने पश्चिमेली देशहरुको त्रास छ । यद्यपी, रुसले युक्रेनमा तत्काल आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । रसियाले युक्रेनसँगको सीमामा आफ्ना एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।  

एजेन्सी

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ०९ बजे