एजेन्सी । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ ।
एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् ।
यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म भारतमा करिब एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।
प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार ७ : २४ बजे
प्रतिक्रिया