‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आठ महिनापछि स्वदेश फर्कदै साबित्रा

काठमाडौं – कतारको अस्पेटार अस्पतालमा उपचाररत नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी (साम्बा) मंगलबार स्वदेश फर्किने भएकी छिन् । 

साबित्रा करिब आठ महिनाको उपचारपछि नेपाल फर्किन लागेकी हुन् ।

बिभागिय एपीएफ फुटबल क्लबबाट घरेलु लिग खेल्ने साबित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । 

दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको कारण उनको उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो ।

साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ०० बजे