आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप १ हजार ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ११ हजार ३६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, आज थप ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १३ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८२७ पुगेको छ ।  

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : २४ बजे