‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाडौँ –  नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भावका लागि आह्वान गर्ने निर्णयसमेत गरिएकोे जानकारी दिनुभयो ।

आजको बैठकले कार्यदलका कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णयसमेत गरेको छ ।

थापा नै आधिकारिक उम्मेदवार

नेता ज्ञवालीले राष्ट्रियसभाको आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रामबहादुर थापालाई पार्टीले मतदान गर्ने निर्णयसमेत गरिएको जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : १७ बजे