आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले  ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो । तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि आज स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो । अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ३५ बजे