‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रिय महिला आयोगद्वारा आइसोलेसन सेन्टरको अनुगमन

काठमाडौँ – राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुले ललितपुरमा सञ्चालित दुईवटा आइसोलेसन सेन्टरको अनुगमन गर्नुभएको छ । 
आयोगका अध्यक्ष कमला कुमारी पराजुली, सदस्य विद्या कुमारी सिन्हा, उप–सचिव मिरा शेरचन र अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक संजय ढकालको टोलीले ललितपुर महानगरपालिकामा रहेको दुई वटा आइसोलेसन सेन्टरको स्थलगत अनुगमन र  सेवाको बारेमा जानकारी लिनुभएको हो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनले कोरोना भाइरसबाट प्रभावितहरुका लागि ५० बेडको आइसोलेसन र वागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनमा सञ्चालनमा ल्याएको ८० बेडको आइसोलेसनको अनुगमन गरिएको हो । 

आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले अनुगमनको क्रममा आइसोलेसन अपाङ्गतामैत्री र ज्येष्ठ नागरिकमैत्री पाइएको बताउनुभयो ।

कोरोना महामारीको दोस्रो चरण सुरु भएपछि आयोगले लैङगिक हिंसालगायत आइसोलेसन सेन्टर र अन्य सेवा प्रदायक संस्थाको अनुगमन गर्दै आएको छ । 

 अनुगमनको क्रममा दुवै संस्थाका प्रतिनिधिसँगको छलफल तथा टोलीको स्थलगत अवलोकनको आधारमा कोभिड –१९ नियन्त्रणको लागि ललितपुर महानगरपालिकाले वहन गरेको जिम्मेवारी, उपलब्ध गराउँदै आएको सहयोग   समन्वयकारी भूमिका प्रशंसनीय रहेको अध्यक्ष पराजुलीले बताउनुभयो । 

राष्ट्रिय महिला आयोग अन्य स्थानीय तहहरुलाई पनि कोरोना नियन्त्रणका लागि  प्रभावितहरुको सहयोग र औषधी उपचारको लागि यस्तै प्रकारका आइसोलेसन सेन्टर सञ्चालनमा ल्याई सहयोग पु¥याउन हार्दिक अपिल गरेको छ । 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ०४ बजे