आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाह्य मुलुकहरूको स्वार्थमा देश भित्रका शक्तिहरू विभाजित हुने छुट छैन : राजन भट्टराई

​​​​​​​​​​​​​काठमाडौं – नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बाह्य मुलुकहरूको आग्रह वा स्वार्थमा देश भित्रका शक्तिहरू विभाजित हुने छुट नभएको बताउनुभएको छ ।

एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले बाह्य मुलुकहरूको आग्रह वा स्वार्थमा देश भित्रका शक्तिहरू विभाजित हुने छुट कम से कम आफूलाई देशभक्त हुँ भन्ने व्यक्ति या शक्तिलाई नरहेको बताउनुभएको हो । एमसीसीमा सत्तापक्षबाट भित्रभित्रै भएका गतिविधि सार्वजनिक भएपछि भट्टराईको उक्त प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आज एक स्ट्याटस लेख्दै डा. भट्टराईले वैदेशिक शक्तिसँग आन्तरिक राजनीतिलाई जोडेर क्षणिक फाइदामा नरमाउन आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : ०९ बजे