सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

एजेन्सी । क्यानडाको राजधानी सहरका मेयरले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा त्यहाँ आपत्काल घोषणा गरेका छन्।

ओटावाका मेयर जीम वाट्सनले 'सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको' बताउनुभयो। 'फ्रिडम कन्भोई' भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो।

क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा 'असंवेदनशील व्यवहार' गरेको बताउनुभयो।

प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई पार्टीजस्तो गरेको आरोप लगाउनुभयो।

उहाँले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा 'लडाई हारिरहेको' बताउनुभयो।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : ३० बजे