सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । 

पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।

शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : १० बजे