आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमसिसीलाई पत्र लेख्ने देउवा र प्रचण्डले जनातासँग माफी माग्नु पर्छ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गर्नुभएको छ । 

थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित रहेको बताउनुभएको हो ।

पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उहाँले भन्नुभएको छ , 'उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।'

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ३४ बजे