सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

चिम्लिङका  विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । 

हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : २२ बजे