आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद्मा एमसीसी टेबुल गर्न सभामुख र कानुनमन्त्री बीच छलफल

काठमाडौं – कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नूपर्ने बताएका हुन् । यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएका छन् ।

एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : २५ बजे