आन्तरिक हवाई उडानमा अत्यधिक चाप

वसन्त पञ्चमी अर्थात सरस्वती पूजा (फोटोफिचर)

काठमाडौं । वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज देशभरी मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरुले सरस्वती पुजा मनाईरहेका छन ।

हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वासका साथ बालबालिकाहरुलाई बिद्यालय भर्ना देखी अक्षरलेखन कार्यको शुभाराम्भ गरिन्छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ३१ बजे