काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय तहको निर्वाचनको मितिका बारेमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बालुवाटार जाने हुनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताउनु भयो ।
प्रधानमन्त्री देउवाले टेलिफोन गरेर अध्यक्ष ओलीलाई विविध विषयमा छलफलका लागि बोलाउनुभएसँगै ओली बालुवाटार जान लाग्नु भएको हो । असार २८ गते प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लाग्नु भएको हो ।
प्रकाशित मिति : २३ माघ २०७८, आइतबार २ : २८ बजे
प्रतिक्रिया