काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।
तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै युवा सङ्घ नेपालले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो । सरकारको ध्यानाकर्षण गराउन युवा सङ्घले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको थियो ।
निषेधित क्षेत्रमा युवा सङ्घका कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीले राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्यहरू गणेश थापा, जयराम लामा, अजित लामा लगायतलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सरकारका विरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ ।
प्रकाशित मिति : २३ माघ २०७८, आइतबार २ : १५ बजे
प्रतिक्रिया