आन्तरिक हवाई उडानमा अत्यधिक चाप

देउवासँग प्रचण्डको आक्रोश : एमसीसीलाई लेखेको पत्र किन अहिले नै सार्वजनिक गरेको ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाबीच खटपट सुरु भएको छ ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएसँगै देउवा दाहालबीच भनाभन सुरु भएको हो । आज संचारमाध्यमहरुमा प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसंग टेलिफोन गर्नुभएको थियोे ।  

 टेलिफेन संवादमा नेताद्धय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको र एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाउनुभएको हो । प्रचण्डले ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्दै आक्रोशपूर्ण  प्रश्न गरेका थिए ।  जवाफमा देउवाले  आफुले पत्र सार्वजनिक नगरेको जवाफ दिनुभएको थियो । 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : १० बजे