आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबारका लागि  बोलाएको हो  ।

यही माघ २७ गते अपराह्न २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ३९ बजे