आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्युठानमा जीप दुर्घटनाः छ जनाको मृत्यु, बेहुलासहित ७ जना गम्भीर घाइते

प्युठान । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो।

बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक कसैको पनि सनाखत भइसकेको छैन। 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ५२ बजे