आन्तरिक हवाई उडानमा अत्यधिक चाप

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

रुपन्देही – वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । 

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार काठमाडाँैबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ । 

रासस

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ०३ बजे