दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आन्तरिक हवाई उडानको भाडादर बढ्यो

काठमाडाैँ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानको भाडा दर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक सङ्घले शुक्रबारबाट भाडा दर वृद्धि गरेको हो ।

वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानको भाडा दर १०५ रुपैयाँदेखि ४४५ रुपैयाँसम्म वृद्धि गरेको  छ ।

हवाई उडानको बढे सँगै अब काठमाडौँ-धनगढीको भाडा दर ४४५ रुपैयाँ, काठमाडौँ-नेपालगञ्जकाे भाडा दर ३२५ रुपैयाँ, काठमाडौँ-विराटनगरकाे भाडा दर २४० रुपैयाँले बढेको छ ।

त्यस्तै काठमाडौँ-पोखराकाे भाडा दर १६० रुपैयाँ, काठमाडौँ-भद्रपुरकाे भाडा दर १०५ रुपैयाँले बढेको छ भने माउन्टेन फ्लाइटको भाडा दर ३४५ रुपैयाँले बढेको  वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ०८ बजे