आन्तरिक हवाई उडानमा अत्यधिक चाप

साउदीमा १५ नेपाली अलपत्र, सरकार उद्दारमा उदासीन : स्टन्टवाजीमै मस्त छन् श्रममन्त्री

दोहा । वैदेशिक रोजगारीका लागि साउदीको दोहा पुगेका १५ नेपाली अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि करिब पाँच महिनाअघि साउदी अरबको दम्माम पुगेका १५ नेपाली अलपत्र परेका हुन् ।

आकर्षक रोजगारीको लोभ देखाएर वेस्टर्न ह्युमन रिसोर्स प्रालिमार्फत त्यहाँ पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् ।

आफूहरूले मेनपावर कम्पनीलाई प्रतिव्यक्ति एक लाख ४० हजार देखि १ लाख ८० हजारसम्म पैसा बुझाएर साउदी रासिल कम्पनीमा आएपनि भनेजस्तो काम र तलब दुवै नपाएर आफूहरू अलपत्र परेको भन्दै उनीहरूले घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

नेपालबाट मेनपावरले साउदी रशिन कम्पनी भने पनि यहाँ पुगेपछि सप्लाई कम्पनीमा पठाएकाले आफूहरू समस्यामा परेको तथा कम्पनी कुनै खाने पैसा पनि नदिएकाले आफू भोकभोकै बस्न बाध्य भएको उनीहरूको बिलौना छ । 

आफूहरूको समस्याबारे रियादस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएपनि  दूतावासले नेपालमा मेनपावरलाई भन्नु भन्दै पन्छिएको उनीहरूको भनाई छ । 

नेपालमा मेनपावरलाई आफ्ना आफन्तहरूले गएर दबाब दिएपछि माघ १६ गते भित्रमा उद्धार गर्छौ भनेर कागज गरेको थियो । तर हालसम्म कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ । पछिल्लो समय मेनपावरले अब हामी केही गर्न सक्दैनौ भन्दै धम्की दिने गरेको उनीहरूले आरोप लगाएका छन् ।

आफूहरूले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सचिवालयले उपलब्ध गराएको नम्बरमा पनि गुनासो गरेपनि  त्यहाँबाट कुनै सुनवाइ नभएको उनीहरू बता छन् । सचिवालयमा नम्बर राखेको प्रचार गरेर मेनपावर व्यवसायीलाई आतङ्कित पारिरहेका श्रममन्त्री किसान श्रेष्ठ भने कहिले मार्सल त कहिले के नाउँमा स्टनवाजीमै व्यस्त छन् । पीडित नेपालीहरू भोकभोकै दोहामा रोइरहेका छन् यता मन्त्री श्रेष्ठ आफ्नो फाइदा र सस्तो प्रचारका लागि स्टनबाजीमै मस्त छन् । 

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०७ बजे