‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संसद सचिवालयमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

अध्यक्ष महन्थ ठाकुरले सचिवालयका महासचिवलाई पत्राचार गर्दै महतो दल नेता निर्वाचित भएकाबारे मंगलवार जानकारी दिनुभएको हो ।  
अध्यक्ष ठाकुरले पठाएको पत्र सचिवालयमा दर्ता भइसकेको छ । 

यसअघि जसपाभित्र देखिएको विवाद समाधान गर्न मंगलवारै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गर्नुभएको थियो  ।

दुवै अध्यक्षको सहमतिमा जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक समेत बोलाइएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : ४२ बजे