आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रदेश १ का मुख्यमन्त्रीलाई कालो झण्डा

मोरङ – ​​​​​​​नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् ।

मुख्यमन्त्री राई विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा उहाँलाई  एयरपोर्ट रोडमा  अनेरास्ववियु र युवा संघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका विद्यार्थीहरूले कालो झन्डा देखाएका थिए। गठबन्धनलाई भागबण्डा पुर्‍याउन ७ मन्त्रालयबाट १२ पुर्‍याएकोले आर्थिक भार बढेको, जनजीविका र विकास निर्माण ठप्प पारेको पारको भन्दै संगठनले विरोध जनाएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले बैठकले अहिले भएको सातवटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी चारवटा मन्त्रालयलाई विभाजन गरेर मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०१ बजे