आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

चितवन – भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा बा.११ च ५७८८ नम्बरको मारुती भ्यान लु.२ ख १७०१ नम्बरको टिपरमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा ९ वर्षीय निमेश ढुङ्गाना रहेका छन् । दुर्घटनामा मारुती चालक ३५ वर्षीय राजकुमार ढुङगाना सहित एकै परिवारका ४ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उनीहरूलाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ पठाउने क्रममा निमेशको बाटोमै र निशाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक र उनकी सासु ५८ वर्षीय धिर माया वलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ४१ बजे