आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बागलुङका वामपन्थी नेता बाबुराम नेपाली एमाले प्रवेश 

बागलुङ । गलकोट नपा ११ रिघाका बाबुराम नेपाली शुक्रवार नेकपा एमाले प्रवेश गर्नु भएको छ । लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नु भएका नेपालीसँग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुँदै नेकपामा आबद्ध नेपाली औपचारिक रूपमा एमाले प्रवेश गर्नु भएको हो ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टीका उप(महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरूले स्वागत गर्नु भएको थियो । सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउँदै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : १५ बजे