सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भौतिक रुपमा विद्यालय खोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् । 

कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् । 

प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो । 

स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : १७ बजे