‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा पाण्डेय र खड्काे उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको  हो । दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पाण्डेय र खड्काले उम्मेदवारी दिनुभएको हो । 

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुनुहनथ्यो । एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँलाई एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

माओवादी कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उहाँलाई नै पुनः उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभा सदस्यको उप निर्वाचन यही १७ गते तय गरिएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : ३० बजे