आन्तरिक हवाई उडानमा अत्यधिक चाप

चन्द्रागिरिमा हिमपात (फोटोफिचर)

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरिमा हिमपात भएको छ ।

राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरिमा आज बिहानैदेखि हिमपात भएको हो ।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिनुभयो।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हिमपात भइरहेको छ । 
​​​​​​

तस्बिर : विदुर न्यौपाने

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ४८ बजे