काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित देशभर आज वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै मुलुकका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षा भइरहेको छ । काठमाडौँमा पनि राति वर्षा भएको थियो ।
दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन–चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।
राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
शनिवार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २१ गते (शुक्रवार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन,चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते(शनिवार)
दिउँसो : देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ माघ २३ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ७ : ३९ बजे
प्रतिक्रिया